अर्थमन्त्रीको राजिनामाको हल्लाले बजारमा उतारचढाव,दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाण्डौ । साताको चौथों कारोबारको दिन नेप्से परिसुचक १३ दशमलव ३३ अंकले बढेको छ ।

बुधबार नेप्से परिसुचक शुन्य दशमलव ६६ प्रतिशतले बढेर २०४३ दशमलव ९२ बिन्दुमा पुगेको हो ।

नेप्से परिसुचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ६८ अंकले बढेको छ । दिनभर भएका ३८ हजार ८ कारोबारबाट २२८ कम्पनीका ६२ लाख ६३ हजार ३ सय १० कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम २ अर्ब १७ करोड ८६ लाख ५५ हजार ७ सय १ पुगेको छ ।

प्रतिक्रिया