खप्तडको आइपीओमा करिब १९ लाखले दिए आवेदन

काठमाडौं - खप्तड लघुवित्तको आइपीओमा २ अर्ब ४ करोड २२ लाख ४० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । 

सीडीएसका अनुसार आज अन्तिम दिन साँझ ५ः०२ बजेसम्ममा १८ लाख ५० हजार १३२ जनाले २ करोड ४ लाख २२ हजार ४०० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा १६५.४९ गुणा बढी आवेदन हो । कम्पनीले भदौ ८ गतेबाट आज (भदौ १२ गते) सम्म सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ बिक्री खुला हो । 

यो मध्ये ५% अर्थात् ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०.५% अर्थात् २ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था रहेको थियो । 

क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले खप्तड लघुवित्तलाई ‘केयर एनपी इस्यूअर रेटिङडबल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । केयर नेपालले सन् २०२२ अप्रिल ७ मा यो रेटिङ दिएको हो । यो रेटिङ सन् २०२३ अप्रिल ३ सम्म बाहल रहनेछ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय