काठमाण्डौं - विगत एक दशकदेखि चर्चित कार्यक्रम ईन्द्रेणी सञ्चालन गर्दै आएका कृष्ण कंडेलमाथि आफ्नै पूर्व सहकर्मीले गंभीर आरोप लगाएका छन् ।
केही समय इन्द्रेणी बाट निकालिएका महिला तथा पुरुष कर्मचारीहरुले उनीमाथि मानसिक यातना दिएको मात्र हैन यौन जन्य हिंसा गरेको बताएका छन् ।
उनीहरूले समाजिक सञ्जालमा लाइभ आएर आफूहरुलाई बिना कारण निकालिएको बताउँदै काम गर्ने समयमा समेत कुटपिट र अन्य मानसिक यातना दिएको बताएका हुन् ।
यस विषयमा कंडेलले भने आफूलाई कपोकल्पित आरोप लगाएको बताएका छन् भने यस विषयमा पत्रकार सम्मेलन गरेर बाँकी जानकारी दिने तयारीमा रहेको बुझिएको छ ।
अहिले सामाजिक सञ्जालमा पक्ष र विपक्षमा यस विषयमा चर्को बहस चलिरहेको छ ।