काठमाडौं - इन्टरनेट सेवा प्रदायक कम्पनी बीच अहिले निकै प्रतिस्पर्धा चलिरहेको छ । सस्तो र उच्च गतिको इन्टरनेट दिएको सीजीपछि वर्ल्ड लिंकले ६०० एमबीपीएस गतिको नेट दिने घोषणा गरेको छ ।
बुधबार आयोजित एक कार्यक्रममा कम्पनीले थोरैमा पनि १५० एमबीपीएसको इन्टरनेट ग्राहकलाई दिने घोषणा गरेको हो ।
उपभोक्ताले पहिलाको भन्दा पनि सस्तो मूल्यमा कम्तिमा पनि १५० एमबीपीएस गतिको इन्टरनेटको अनुभव गर्न पाउने कम्पनीका निर्देशक मनोज अग्रवालले बताए ।उनका अनुसार घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार ४०० रुपैयाँ अर्थात् मासिक एक हजार २०० रुपैयाँमै १५० एमबीपीएस गतिको इन्टरनेट उपभोग गर्न पाउनेछन् ।
१५० एमबीपीएससहित २२५ एमबीपीएस र ३०० एमबीपीएस गतिको इन्टरनेट पनि पहिलाको भन्दा कम