नयाँ वर्ष आइपीओमय हुने, थप २ कम्पनीले प्राथमिक शेयर निष्कासन गर्ने

काठमाण्डौ । वर्ष २०७९ लगानीकर्ताहरुको लागि निकै राम्रो वर्ष बन्ने भएको छ । २ दर्जन कम्पनीहरुले प्राथमिक शेयर निष्कासनको लागि तयारी गरिरहेका छन भने केहि कम्पनीहरुले आइपीओ निष्कासनको मिति समेत तय गरिसकेका छन ।  यसै बीच प्राथिम शेयर निष्कासनको माग गर्दै अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड धितोपत्र बोर्डमा गएका छन । 

बोर्डका अनुसार अभियान लघुवित्तले ९ लाख ७५ हजार कित्ता तथा लघुवित्तले २ लाख ३ हजार ३८० कित्ता आईपीओ गरी कुल ११ लाख ७८ हजार ३८० कित्ता सेयर बिक्रीको अनुमति मागेका हुन् ।

आत्मनिर्भर लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड तथा अभियान लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

दुबै लघुवित्त कम्पनीले धितोपत्र बोर्डबाट आईपीओ निष्काशन गर्न अनुमति पाएपछि सेयर निष्कासन गर्नेछन् ।

प्रतिक्रिया