कार्यबाहक राष्ट्रपति हेनरीमाथि गोली प्रहार

काठमाण्डौ । क्यारेबियन मुलुक हेइटीका कार्यबाहक राष्ट्रपति एरियल हेनरीमाथि गोली प्रहार भएको छ । आपराधिक समूहले हेनरीमाथि गोली प्रहार गरेको जनाइएको छ । उत्तरी शहर गोनाइवेसस्थित एक चर्चमा भएको कार्यक्रममा सहभागी भएका हेनरीमाथि आपराधिक समूहले गोली प्रहार गरेका हुन्।


हेनरी र उनका अंगरक्षकहरु भाग्दै गाडीतर्फ दौडिएको भिडियो सार्वजनिक भएको छ। घटनामा सुरक्षाकर्मीहरुले चलाएको गोली लागेर १ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन्। गत शनिबार राष्ट्रिय स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा कार्यबाहक राष्ट्रपति हेनरीको हत्या प्रयास भएको खुलासा भएको हो।

गत जुलाई ७ मा हेइटीका राष्ट्रपति जोबेनल मोइजको आफ्नै निवासमा हत्या भएको थियो। मोइजको सरकारमा प्रधानमन्त्री रहेका हेनरी मोइजको हत्यापछि कार्यबाहक राष्ट्रपति बनेका हुन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय