५ महिनापछि माघ २१ गते आइपीओ निष्कासन हुने

काठमाडौं - जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आइपिओ निष्काशन गर्ने भएको छ । माग २१ गते देखि आइपीओ निष्काशन हुने र २०७८ माघ २५ गते बन्द निष्काशन हुने कम्पनीले जानकारी दिएको छ । 

कम्पनीले प्रति कित्ता रु १०० रुपैयाँको दरले ५,२२,००० कित्ता साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । जसमध्ये ०.५ प्रतिशत अर्थात् ८००० कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् २६,१०० कित्ता सामुहिक लगानीकोषलाई सुरक्षित राखि बाँकी रहेको ४,८७,९०० कित्ता सर्वसाधारण नेपालीलाई निष्काशन गरिएको छ । 

इच्छुक आवेदकले न्यूनतम १०कित्ता र अधिकतम ५,२२० कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

सेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

प्रतिक्रिया