काठमाडौं । लामो समयको उछालपछि साताको दोस्रो कारोबारको दिन शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से घटे पनि कारोबार रकम भने उकालो लागेको छ।
सोमबार नेप्से परिसूचक २०.४६ अंकले घटेर शून्य दशमलव ७६ प्रतिशतले घटेर २६६१ को विन्दुमा पुगेको छ। आज १६८ कम्पनीको शेयर मूल्य घटेको छ भने ७० कम्पनीको शेयर मूल्य बढेको छ।
आज २ लाख २२ हजार ६ सय ६० कारोबारबाट ३२५ कम्पनीका ४ करोड ७७ लाख ९० हजार ८ सय ३७ कित्ता शेयर किनबेच भएका छन्। जसबाट आज दिनभरको कारोबार रकम १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार रुपैयाँ पुगेको छ।
आज सबैभन्दा बढी शिवम् सिमेन्टको शेयर कारोबार भएको छ। यस कम्पनीको ६१ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यस्तै, कुमारी बैंकको २४ लाख ६३ हजार रुपैयाँको शेयर कारोबार भएको छ।