कमलराज ढकाल/ चितवन - लायन्स क्लब अफ चितवन कालिका र कालिका नगरपालिकाको संयुक्त आयोजनामा आज निशुल्क स्वास्थ शिविर सञ्चालन गरिएको छ ।
कालिका १० राष्ट्रिय मा. विमा सम्पन्न सो शिविरमा वडा १० र ११ का १८७ भन्दा धेरैले शिविरमा स्वास्थ्य उपचार गराएका छन् । लायन्स क्लव अफ चितवन कालिकाका अध्यक्ष सि.पि. अधिकारीको अध्यक्षता, सम्पन्न सो कार्यक्रममा कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मी,उपप्रमुख विमला लामा लगाएत क्लबका पूर्व अध्यक्ष साथै वडा प्रमुख र प्रतिनिधिको समेत उपस्थिति थियो ।
सो शिविरमा देव अस्पताल भरतपुर विशेषज्ञ डाक्टर साथै रत्ननगर चितवन सिड मेडिकल ल्याबका प्राविधिकहरुको सहभागिता थियो । क्लबका प्रथम उपाध्यक्ष बुद्धि प्रसाद अधिकारी को संयोजकत्व दिपक थापाको सह संयोजकत्व र क्लब सचिब अमृत लामिछाने कार्यक्रम सन्चालन गर्नु भएको थियो सो कार्यक्रम मा विभिन्न रोग को बिरामी हरुलाइ नि शुल्क औंसधि समेत बितरण गरिएको क्लबका कोषध्यक्ष ईश्वर भट्टराईले जानकरी दिनु भयको थियो ।