काठमाडौं - यातायात व्यवसायीले सोमबारदेखि सुरु गरेको आन्दोलत फिर्ता लिएका छन । मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायकाजी श्रेष्ठले समस्या समाधानका लागि व्यवसायीलाई बोलाएपछि तत्कालको लागि आन्दोलन फिर्ता लिने भएका हुन ।
यातायात व्यवसायीले विभिन्न माग राख्दै मंगलबार माछापोखरी क्षेत्रबाट आन्दोलत सुरु गरेको थिए । सोहि क्रममा यातायात मजदुर संगठनले पुलिसको भ्यान, लोत्च्से मलका पसललगायत तोडफोड गरेका थिए ।
व्यवसायीले फागुन २ गते काठमाडौं उपत्यका लगायत देशैभर सार्वजनिक यातायात ठप्प पारेपछि सरकारले व्यवसायीलाई बार्तामा बोलाएको थियो ।
बैठकमा यातायात मजदुरलाई कुटपिट गर्नेहरुमाथि कारबाही गर्ने, ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँबसपार्कमा गरेको भनिएको अनियमितता लगायतका विषयमा छानविन गर्ने, बाँकी मुद्दाहरुबारे मन्त्रालयले गठन गरेको सर्वपक्षीय कार्यदलमा छलफल गर्ने र सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने सहमति भएको छ ।