सेयर लगानीकर्ताको पक्षमा उद्योग वाणिज्य महासंघ, सेयर धितोको सीमा हट्ला ?


काठमाडौं– निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले शेयर धितो कर्जा हटाउन माग गरेको छ । महासंघले शेयर धितो कर्जामा लाग्दै आएको सीमा हटाउनु पर्ने माग गरेको हो । कोभिड महामारीको समयमा पनि शेयर बजारबाट आम्दानी गर्ने लाखौं व्यक्तिहरु रहेको बताउँदै कर्जा महंगो हुने र निक्षेपमा बढी ब्याज पाइने अवस्था भएमा शेयर बजारमा नकारात्मक असर पर्न सक्ने बताएको छ ।


चालु आर्थिक वर्षको मौद्रिक नीतिको महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकलाई विभिन्न सुझाव दिएको सार्वजनिक गरेको हो ।
महासंघले चालु आर्थिक वर्षको शुरुबाट नै कोभिड महामारी पछिको अभ्यस्ततासंगै बजारले विस्तारै लय लिन थालेको, छ महिनामा राजस्व संकलन लक्ष्य नजिक रहेको उल्लेख गर्दै अब नीति पनि पुनरावलोकेन गर्न आवश्यक रहेको बताएको छ ।


बैंक तथा वित्तीय संस्थाहरुले प्रत्येक महिना अघिल्लो महिना प्रकाशित व्याजदरको १० प्रतिशतसम्म बृद्धि गर्न सक्ने गरी नयां व्याजदर प्रकाशन गर्न पाउने व्यवस्थाले ०७९ असारसम्म निक्षेपको व्याजदर १५ प्रतिशतसम्म पुग्न सक्ने महासंघको धारणा छ । जसले गर्दा कर्जा झन् महंगो हुने महासंघको बुझाई छ ।
 

प्रतिक्रिया