बंगलादेशको राजनीतिक अस्थिरताले ४० मेगावाट विद्युत् सम्झौता अनिश्चित

काठमाडौँ — बंगलादेशको हालको राजनीतिक अस्थिरताले नेपाल, भारत, र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद-बिक्रीको सम्झौता अनिश्चित बनेको छ। प्रधानमन्त्री शेख हसिनाको राजीनामा र देश छोडेपछि बंगलादेशमा अन्तरिम सरकारको गठन प्रक्रिया सुरु भए पनि अन्योल कायम छ।

बंगलादेशले नेपालबाट आयात गरिने विद्युत्को मूल्य स्वीकृत गरिसकेको भए पनि हालको राजनीतिक परिस्थितिका कारण सम्झौता कार्यान्वयनमा ढिलाइ भएको छ। नेपाल र बंगलादेशबीच साउन १३ मा सम्झौता गर्ने तय भएको थियो, तर बंगलादेशमा विद्यार्थी आन्दोलन र राजनीतिक अस्थिरताका कारण यो सम्भव भएन।

नेपाल विद्युत् प्राधिकरणले सम्झौताका लागि समय थप गर्न अनुरोध गरेको छ र बीपीडीबीलाई १२० दिन थप समय माग गर्दै पत्र पठाएको छ। विद्युत् प्राधिकरणले भारतको प्रसारण लाइन प्रयोग गरी बंगलादेशलाई बिजुली निर्यात गर्ने तयारी गरिरहेको छ। kantipur daily

प्रतिक्रिया