दशैँको मुखैमा गणेश र सुनिताको प्रेम प्रस्तावले दर्शक खुसी

काठमाण्डौ । नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक तथा कुशल सर्जक गणेश अधिकारीको नयाँ गीत प्रेम प्रस्ताव भर्खर मात्र सार्वजनिक भएको छ । 

सुनिता बूढा र गणेश  अधिकारीले आवाज दिएको सो गीतले माया प्रेमलाई निकै उत्कृष्ट रुपमा गीत र भिडियोमा उठाएको छ । गीतको अडियो र भिडियो पक्ष उत्कृष्ट बनाइएको छ । 

गणेश अधिकारीको लय तथा मानबहादुर मगरातीको शब्द सिर्जना रहेको गीतलाई स्मृति तिमिल्सिनाले भिडियो निर्देशन गरेकी छन । करिश्मा ढकाल र लोमश शर्माको अभिनय रहेको गीतलाई संगीत संयोजन भने कमल सौरागले गरेका छन । गीतलाई योग्सना डिजिटलले बजार व्यवस्थापन गरेको छ । 

 

प्रतिक्रिया