काठमाण्डौ - केही समय पहिला आइपीओ सार्वजनिक गरेर दोर्सो बजारमा प्रवेश गरेको युनियन लाईफ इन्स्योरेन्स कम्पनीको शेयरमा आज सोमबार पनि सर्किट लागेको छ ।
लगातारको सर्किट सँगै आज शेयर मूल्य ५ सय ८४ पुगेको छ। कारोबार सुरु भएको केही समयमै कम्पनीको शेयर मूल्यमा सर्किट लागेको थियो ।
आज पनि सो शेयर खरिदमा ५ लाख भन्दा बढीको माग रहेको छ भने बिक्री कर्ता भने निकै न्यून रहेको छन् ।