उद्योगमन्त्री हमालले पदबाट राजिनामा दिने घोषणा


काठमाडौं– चौतर्फी आलोचना भए पछि नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र बहादुर हमालले राजिनामा दिने तयारी गरेका छन् । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्रि भएको आरोप लागेका हमालले आज प्रधानमन्त्री शेर बहादुर देउवालाई राजिनामा बुझाउने सञ्चार माध्यममा बताएका छन् । 


आफ्नो कारण प्रधानन्यायाधिशलाई अनावश्यक विवादमा तानेको र आफ्नो राजनीतिक योगदानको अबमूल्य गरेर टिप्पणी भएकाले राजिनामा दिने तयारी गरेको बताए । ‘म धार्मिक आस्था भएको व्यक्ति पनि हो,’ हमालले भने, ‘पदबाट राजिनामा दिने तयारी गरेको छु ।’
 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय