काठमाडौं–नेपाल राष्ट्र बैंकका गर्भनरले नोटमा हस्ताक्षर गर्छन् । मुलुकको मौद्रिक नीतिलाई डो¥याउने गर्भनरको मान, सम्मान छ । नोटमा हस्ताक्षर गर्ने गर्भनरको सम्पत्ति कति होला आम नागरिकलाई जिज्ञासा हुनु स्वभाविक हो । गर्भनर सार्वजनिक पदमा बसेको सरकारी अधिकारी भएकाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
अधिकारीको परिवारको नाममा धेरै ठाउँमा जग्गा जमिन रहेको छ । गभर्नर अधिकारीको छोरा र श्रीमतीको नाममा १० स्थानमा जग्गा रहेको पाइएको छ । झापामा ३ बिघा, ललितपुरमा १२ रोपनी, मकवानपुरमा २ कठ्ठा जग्गा रहेको छ
त्यसैगरी विभिन्न बैंक तथा वित्तीय संस्थामा २७ हजार १ सय ८४ कित्ता साधारण सेयर रहेको सम्पत्ति विवरणमा सार्वजनिक गरेका छन् । ११ वाणिज्य बैंकसहित विभिन्न वित्तिय संस्थामा अधिकारीको शेयर छ ।
त्यसैगरी, हाइड्रो पावर कम्पनीमा दोस्रो बजारबाट २७ हजार ९ सय २९ कित्ता सेयर रहेको छ । अधिकारीकी श्रीमती सरिता अधिकारीको नाममा म्युचुअल फन्डमा १ लाख ८० हजार कित्ता सेयर रहेको छ । उनको २७ तोला सुन र ५० तोला चाँदीका गहना रहेकोसमेत विवरणमा राखिएको छ।
गभर्नर अधिकारीले नबिल बैंकमा २ हजार ३ सय डलर बचत रहेको समेत उल्लेख गरेका छन् । त्यस्तै ३ वाणिज्य बैंकमा १ लाख ६३ हजार ७ सय ६२ रुपैयाँ बचत रहेको छ । त्यस्तै नागरिक लगानी कोषमा १२ लाख २४ हजार रुपैयाँ बचत रहेको छ । उनीसँग मोटरसाइकल र एउटा टोयटाको कारसमेत रहेको उल्लेख गरेका छन् ।