काठमाण्डौ । केहि समय अघि प्राथमिक शेयर निष्कासन गरेको मध्य भोटेकोशी जलविघुत कम्पनीको शेयर सूचिकृत गर्नको लागि रजिष्टारको नियुक्त गरिएको छ । आईपीओ निष्कासन गरेको ग्लोवल आईएमई क्यापिटलले नै दर्ता सम्बन्धी काम गर्ने गरि विहिबार सम्झौता भएको कम्पनीले जनाएको छ ।
स्थानिय र सर्वसाधारण गरि ठुलो मात्रामा आईपीओ निष्कासन गरिएको हुँदा शेयर अभिलेखिकरणमा केहि ढिलो भएको कम्पनीको भनाई । रजिष्टार चयन पछि आजैबाट आँफुहरुले काम अघि बढाएको साथै बढिमा २ हप्तामा सबै काम सक्ने गरि तयारी गरिएको क्यापिटलका छविलाल पौडेलले आर्थिक सन्देशलाई जानकारी दिनु भयो ।
कम्पनीले असोज २० गते देखि २५ गतेसम्म सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गरेको थियो। जसमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गरिएको हो।
क्यापिटलका अनुसार कम्पनीको आईपीओमा २३ लाख ९० हजार २१८ लगानीकर्ताले ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ बराबरको शेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये ९५ हजार ७२२ आवेदन रद्द भएका छन् भने बाँकी २२ लाख ९४ हजार ४९६ आवेदन स्वीकृत भएका छन्। स्वीकृत आवेदनमध्ये ८ लाख १९ हजार आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको थियो ।
दोस्रो बजारमा कारोबार सुरु भएदेखि यो कम्पनीको ओपनिङ मूल्य ९३।४९ रुपैयाँ कम देखि धेरैमा २८३।१७ पैसा सम्म हुने अनुमान गर्न सकिन्छ । साथै कम्पनीको शेयर मूल्य बढीमा ८ सय सम्म पुग्ने अनुमान छ ।
यो कम्पनीले १०३ मेगा वाटको विद्युत आयोजना निर्माण गर्दै छ भने यही मंसिरमा उत्पादन सुरु गर्ने तयारी रहेको छ ।