अरुण काबेलीले पायाे शतप्रतिशत हकप्रद निष्कासनको अनुमति

काठमाडौंं - अरुण काबेली पावर कम्पनी लिमिटेडले जारी गर्न लागेको शतप्रतिशत हकप्रद शेयरलाई विद्युत नियमन आयोगले अनुमति दिएको छ ।

विद्युत नियमन आयोगले भदाै १० गते, शुक्रबार तलकाे सूचनामा उल्लेख भएअनुसार केहशर्तसहित शतप्रतिशत हकप्रद निष्कासन गर्न अरुण काबेली पावरलाई अनुमति प्रदान गरेकाे हाे ।

साेही अनुसार अब कम्पनीले चुक्ता पूँजीकाे १:१ काे अनुपातमा हकप्रद सेयर निष्कासनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछ । कम्पनीले बोर्डमा निवेदन दिई स्वीकृती पाएपश्चात हकप्रद सेयर निष्कासन गर्नेछ ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि कम्पनीले नबिल इनभेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ । 

कम्पनीले आफ्नाे एघारौं वार्षिक साधारण सभाबाट बोनस वितरण गरेपश्चात कायम हुन आउने चुक्ता पूँजीको १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेकाे छ ।

अरुण काबेली पावर लिमिटेड कम्पनीले मेची अञ्चलको पाँचथर र ताप्लेजुङ जिल्लाबीच भई बहने काबेली नदीमा २५ मेगावाट क्षमताको काबेली बि -१ जलविद्युत आयोजनाको निर्माण पुरा गरी २०७६ साल कार्तिक २३ गतेदेखि व्यवसायिक उत्पादन गरिरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय