दोहोरो अङ्कले घटेर शेयर बजार बन्द,जलविद्युतका कम्पनीमा लगानीकर्ता झुम्मिए

काठमाण्डौ । बजार मापन सूचक नेप्से १५ अङ्क भन्दा धेरैले घटेर समग्र बजार २७२० विन्दुमा आएको छ । मंगलबार भने बजार दोहोरो अङ्कले बढेको थियो । 

आज नेप्सेसँगै कारोबार रकम पनि ३ अर्बमा खुम्चिएको छ । २२८ कम्पनीको शेयर खरिद बिक्री भएकोमा ५८ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने १२८ कम्पनीको शेयर मूल्य भने घटेको छ । साथै बाँकी कम्पनीको भने यथावत रहेको छ । दिनैभरि हरियाली रहेको बजार बन्द हुने समयमा भने घटेर बन्द भएको हो । जलविद्युत कम्पनीका शेयरमा लगानीकर्ताको झुम्मिएका थिए भने नेपाल दुरसञ्चार कम्पनीको शेयर सबै भन्दा धेरै मूल्यको किनबेच भएको छ । 

२ कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा जलविद्युत बाहेक अन्य उपसूचक सबै घटेको छ । घट्ने उपसूचकमा बीमा समूह उपसूचक सबै भन्दा अगाडि रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय