सँगै बस्दै आएका प्रेमी प्रेमीका मृत भेटिए

काठमाण्डौ । काठमाडौं महानगरपालिका–६ फैंकस्थित एक घरमा युवक–युवतीको शव फेला परेको छ । उनीहरु विगत केहि समयदेखि सँगै बस्दै आएका थिए । 


संखुवासभा घर भई फैंक बस्दै आएका २५ वर्षीय अनिस जिमी र खोटाङकी युसुना राई मृत भेटिएका हुन् । उनीहरू केही लिभिङ टुगेदर बसेका थिए।युसुनाको हत्या धारिलो हतियारबाट भएको अनुसन्धानबाट खुलेको छ ।

युसुनाको शव छेउमै अनिस वेहोस अवस्थामा भेटिएका थिए । उनको चाबहिलस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा मृत्यु भएको हो । घटनास्थलबाट प्रहरीले हतियारसमेत फेला पारेको छ ।

युवकले युवतीको हत्या गरेपछि आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाईएको छ । घटनाबारे थप अनुसन्धानबाट खुल्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय