काठमाडौं । त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ ।
सांसद श्रीराम न्यौपानेले सामाजिक सञ्जालमार्फत सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज आएको जानकारी दिएका हुन् ।
उनका अनुसार सुरुङभित्रबाट आवाज आएपछि उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौं’ भनेको थियो । त्यसको जवाफमा सुरुङभित्रबाट प्रतिक्रिया समेत आएको उनले बताएका छन् ।
हाल सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि टोलीले निरन्तर प्रयास गरिरहेको छ । सुरुङभित्रबाट आवाज आएको पुष्टि भएपछि उद्धार कार्यमा थप आशा जागेको छ ।