काठमाडौं । भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या १२ सय ९० पुगेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीमा परी ३४ जना बालक, ४५ जना बालिका, २५० जना महिला र ४२७ जना पुरुषको शव फेला परेको छ ।
त्यस्तै, ५३२ जनाको आंशिक अंग फेला परेको छ भने अस्पतालमा उपचारका क्रममा थप २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अहिलेसम्म १ हजार १४३ जना मृतक र ७१९ जना आफन्तको डीएनए नमुना संकलन गरिएको छ । बेपत्ता भएकाको पहिचान तथा खोजी कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ ।
पछिल्लो विवरणअनुसार स्वदेशी तथा विदेशी गरी ४ हजार ७९८ जना अझै बेपत्ता रहेका छन् । बाढीपछि ठूलो संख्यामा मानिस बेपत्ता भएकाले मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीको विवरणले देखाएको छ।