यूएईको चेतावनी: आफ्नो भूमिबाट इरानमाथि आक्रमण गर्न अमेरिकालाई अनुमति छैन

संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो भूमि वा हवाई क्षेत्र प्रयोग गरेर इरानमाथि आक्रमण गर्न अमेरिकालाई अनुमति नदिने स्पष्ट पारेको छ। यूएईकी राज्यमन्त्री लाना नुसैबेहले यस्तो धारणा सार्वजनिक गरेकी हुन्।

उनले खाडी क्षेत्रमा इरानले गरेको आक्रमणको कडा निन्दा गर्दै उक्त हमला अत्यन्त गम्भीर, गैरकानुनी र बिना उक्साहट गरिएको बताएिन्। तर इरानविरुद्ध यूएईले प्रत्यक्ष जवाफी कारबाही गर्ने वा नगर्ने विषयमा उनले स्पष्ट प्रतिक्रिया दिइनन्।

नुसैबेहले यूएईलाई आत्मरक्षाको अधिकार रहेको बताउँदै अहिलेको परिस्थितिमा समस्याको समाधान कूटनीतिक पहलबाटै खोज्नुपर्नेमा जोड दिइन्।

उनका अनुसार हालैका आक्रमणका कारण तेल पूर्वाधार र पर्यटन क्षेत्रमा केही प्रभाव परे पनि यूएईको अर्थतन्त्र बलियो भएकाले यस्तो झड्का सामना गर्न सक्ने अवस्था रहेको छ। आक्रमणका क्रममा दुबई अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्र तथा केही होटलहरू प्रभावित भएका बताइएको छ।

प्रतिक्रिया